झापामा थुनुवा भेट्न आएका ब्यक्ति लागु औषध सहित पक्राउ

<span class='c1'>झापामा थुनुवा भेट्न आएका ब्यक्ति</span> <span class='c2'>लागु औषध सहित पक्राउ</span>

झापा, २२ साउन ।
झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेड सहित पक्राउ गरेको छ । मंगलवार राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ती करणी मुद्धाका थनुवालाई भेट्न आएका बिर्तामोड नगरपालिका १ बस्ने २४ बर्षीय बिशाल शाक्यलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १ थान ब्लेड, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला परेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका शाक्यलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्