सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त

<span class='c1'>सप्तरीमा दुईसाता यता फैलिएको भाइरल</span> <span class='c2'>ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त</span>

धीरेन्द्रप्रसाद साह-
राजविराज, साउन २४ गते । बाढीको पीडा बिर्सन नपाउँदै सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ ।

मौसमको प्रतिकुल परिवर्तनको प्रभावले फैलिएको भाइरल ज्वरोले जिल्लाबासी प्रभावित भएको हो ।

भाइरल ज्वरोले वालवालिका, वृद्धवृद्धा बढी प्रभावित भई उपचारार्थ अस्पताल भर्ना हुन आउने गरेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।

भाइरल ज्वरोका विरामी दैनिक १५/२० जना भर्ना हुन आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

अहिले औषतमा प्रत्येक घरमा भाइरल ज्वरोले विरामी रहेको उहाँले अनुमान गर्दै अस्पताल बाहेक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य उपचार केन्द्र लगायत अन्य स्वास्थ्य संस्थामा उपचार गराउनेको संख्या सोही हाराहारीमा रहेको उहाँको भनाई छ ।

अस्पतालमा उपचारार्थ भर्ना बाहेक दैनिका सञ्चालन हुने ओपीडी सेवामा पनि आधा भन्दा बढी भाइरल ज्वरोकै विरामी आउने गरेको उहाँले बताउनुभयो ।

अस्पतालमा मात्र दुई सातायता करिब दुई सय भन्दा बढीको उपचार गरी निको भएर घर फर्केको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्