लागूऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न सेनाका मेजरसहित दुई इटहरीबाट पक्राउ

<span class='c1'>लागूऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न सेनाका</span> <span class='c2'>मेजरसहित दुई इटहरीबाट  पक्राउ</span>

सुनसरी । इटहरीबाट लागूऔषध (ब्राउन सुगर) कारोबार गरिरहेको अवस्थामा नेपाली सेनाका एक मेजरसहित दुईजना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंह र अर्का एक जनालाइ पक्राउ गरेको हो ।

पक्राउ परेका अर्का व्यक्तिको भने वतन खुल्न बाँकी रहेको सुनसरीका एसएसपी वसन्त लामाले जानकारी दिएका छन्। पक्राउ परेका मेजरसहित दुवैलाई ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ। उनीहरूको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद भएको काठमाडौंस्थित लागू औषध नियन्त्रण ब्यूरोले बताएकाे छ।

पक्राउ परेका मेजर सिंह नेपाली सेनाको पूर्वी पृतना कार्यालय इटहरीमा कार्यरत रहेको रहेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको एसएसपी लामाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्