माछा पोखरीमा डुबेर झापामा बालकको मृत्यु

<span class='c1'>माछा पोखरीमा डुबेर झापामा</span> <span class='c2'> बालकको मृत्यु</span>

झापा ।   माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीको १२ वर्षीय छोरा सुमन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेरसम्म घर नफर्किए पछि परिवारले खोजतलास सुरु गरेका थिए। खोजतलास गर्ने क्रममा सोही नगरपालिकास्थित विष्णु कन्ट्रक्सनको माछा पोखरीको डिलमा सुमनको कपडा र चप्पल भेटिएको र उनको शव पनि त्यही पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि परिवारजनले शव बुझेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्