सहकारीको ६ करोड कुम्ल्याएर भाग्ने बाबु छोरासहित तीनजना पक्राउ

<span class='c1'>सहकारीको ६ करोड कुम्ल्याएर भाग्ने</span> <span class='c2'>बाबु छोरासहित तीनजना पक्राउ</span>

धरान । धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विक, सहकारीका प्रबन्धक रहेका उनका छोरा मोहन दर्नाल विक र लेखापाल रहेकी साली कमलादेवि विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा सर्बसाधारणहरुले जम्मा गरेको ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैयाँ रकम गठी गरि फरार रहेको उजुरीका आधारमा तीनैजनालाई पक्राउ गरिएको उनले बताएका छन् ।

सहकारीका अध्यक्ष विकले छोरा र सालीसंगको मिलेमतोमा सर्बसाधारणले जम्मा गरेको रकम कुम्ल्याएर धरान छाडेका थिए । अध्यक्ष विकले धरान १५ मा रहेको घर समेत बिक्रि गरी सहकारीमा जम्मा गरिएको ठुलो रकम हिनामिना गरी फरार भई रुपन्दैहीको बुटवलमा गई डेरा गरी बस्दै आएका थिए ।

पिडितहरुले अध्यक्ष, प्रबन्धक र लेखापाल तीनैजनाले सहकारी बन्द गरी ६ करोड भन्दा बढि रकम हिनामिना गरेको उजुरी दिएपश्चात प्रहरीले उनीहरुको खोजी गरी पक्राउ गरेको हो । सहकारीमा जम्मा गरेको रकम ठगि गरि संचालक नै फरार भएपश्चात पिडित सिर्जना देवान लगायत ८५ जनाले इलाका प्रहरी कार्यालय धरानमा तीनैजना विरुद्ध ठगी मुद्धा दर्ता गरेका थिए ।

पिडितहरुको जाहेरी दर्ता गरी विकको खोजीमा सक्रिय रहेको प्रहरीले अध्यक्ष विकलाई बुटवल, छोरा मोहनलाई धरान र साली कमलालाई पिडितहरु आफैलै पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । धरान १० का पिडित नरेश शाहीले ठगिएको सबै सेवाग्राहीहरुको रकम फिर्ता दिलाई दिन माग गरेका छन् । उनले दुःख गरि कमाएको रकम ८ लाख सहकारीमा जम्मा गरेको बताए ।

धरान १५ का अमर इजमले विकले सहकारीमा राखेको ११ लाख ७० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् । धरान ४ का दिपक राईले पनि सहकारीमा राखेको आफ्नो ४ लाख रुपैयाँ विक सहितका सहकारीका पदाधिकारीहरुले गगि गरी सहकारी बन्द गराएको बताए । विकबाट ठगिएका सबै पिडितहरुले आफ्नो रकम पिर्ता गराई दिन माग गरेका छन् ।

प्रहरीले विकको साथबाट १४ तोला सुन र २४ ताृला चादी मात्र बरामत गरिेको छ । सहकारीबाट ठगि गरिएको रकम तथा विकको अन्य सम्पत्तीको श्रोतको खोजी सुरु गरिएको डिएसपी न्यौपानले बताएका छन् । पक्राउ परेका तीनै जना विरुद्ध गगि ऐन अन्र्तगत मुद्धा दर्ता गरि कार्वाहि प्रकृया अगाडी बढाईसकिएको उनले जानकारी दिएका छन् ।यो खबर आजको अन्नपुर्ण पोष्टमा रत्न आचार्यले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्