सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित

<span class='c1'>सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु</span> <span class='c2'>किवि खेतीतर्फ आकर्षित</span>

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित भएका छन् । अलैँची पकेट क्षेत्र मानिने लिखुपिके क्षेत्रमा केही समय यता अलैँचीमा रोग देखापरेसँगै कृषकहरु किवि खेतीतर्फ लागेका हुन् ।

अलैँचीमा करिब ४ वर्षदेखि छिर्केफुर्के रोगका कारण बोट नै मासिन थालेपछि कृषकहरुले किवि लगाउन थलेको स्थानीय दीपबहादुर बस्नेतले बताउनुभयो । एक समय धान खेतमा अलैँची खती गरेका कृषकहरु रोग तथा किराले बिरुवा नै मर्न थालेपछि वैकल्पिक खेतीमा लागेको वडा नम्बर २ का वडाध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो ।

अलैँचीमा निर्भर रहेका कृषकलाई गाउँपालिकाले समेत वैकल्पिक खेतीको रुपमा किवि लगाउन सुझाव दिएको गाउँपालिका प्रमुृख डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । किवि खेती गर्न चहाने कृषकलाई प्रतिब्याक्ति १० बोटका दरले किविको विरुवा वितरण गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्