राजविराजबाट पोलमा सिधै हुकिङ गरेर विद्युत् चोरी गर्ने चार जना पक्राउ

<span class='c1'>राजविराजबाट पोलमा सिधै हुकिङ गरेर विद्युत्</span> <span class='c2'>चोरी गर्ने चार जना पक्राउ</span>

धीरेन्द्रप्रसाद साह,

राजविराज, भदौ १० गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले सप्तरीको विभिन्न स्थानबाट पोलमा सिधै हुकिङ गरेका विद्युत् चोरी गर्ने चार जनालाई पक्राउ गरिएको छ ।

यसरी पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ का अनिल साह, १६ का रामरुप यादव, छिन्नमस्ता गाउँपालिका ३ का मो. फिरोज आलम, र मो. इनताज हुसैन रहेको वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो । प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् पोलमा सिधै हुकिङ्ग गरी विद्युत् प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

सो टोलीले विद्युत् चोरी गरी प्रयोग गरिरहेको विद्युतीय सामग्रीहरु समेत बरामद गरेको छ । टोलीले मिटर एक थान र पंखा एक थान बरामद गरेको छ । पक्राउ परेका उपर विद्युत् ऐन अनुसार कारबाही गरी जरिवाना तिरेपछि रिहा हुने बताइएको छ । गत आर्थिक वर्षमा पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा छ सय १३ जनालाई पक्राउ गरी आर्थिक रुपमा कारबाही गर्दा उनीहरुको जरिवानाबाट रु. सात करोड ९७ लाख सात हजार २२६ असुली भएको प्रमुख साहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्