सुनसरीमा जंगली हात्तीको आतंक फेरि सुरु, एकै रातमा १० घरमा क्षति

<span class='c1'>सुनसरीमा जंगली हात्तीको आतंक फेरि सुरु,</span> <span class='c2'>एकै रातमा १० घरमा क्षति</span>

जयकृष्ण यादव,

इनरुवा, भदौ १० गते । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले फेरि आरक्ष आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले १० वटा घरमा क्षति पुगेको छ ।

जंगली हात्तीको आतंकबाट सुनसरीको कोशी गाउँपालिका ३ पश्चिमकुशाहाको झलही टोलका १० परिवारको घरमा पूर्ण रुपमा क्षती पुर्याएको स्थानीय ३ नम्बर वडाका वडा अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिनुभयो ।

मंसुरीका अनुसार हात्तीले जागेश्वर परसेला यादव, परमेश्वर यादव, बालेश्वर यादव, गगाराम यादव, हरेराम यादव, फुलेश्वर यादव, करियाहिदेवी यादव, गगांराम मेहता, सिताराम राम सहितका परिवारको घरमा पसी भत्काई दिएको छ ।

हात्तीले पीडितहरुको घरमा आक्रमण सहित खुट्टाले घरको खम्बा तोडफोड तरि भत्काई दिएकाले पीडितलाई घरमा बस्न समस्या भएको छ । हात्तीले घरमा बस्न नमिल्ने गरि भत्काएकाले पीडितहरुले तत्काल राहतको लागि सरकारसँग माग गरेका छन् ।

स्थानीय श्यामसुन्दर यादवका अनुसार १० वटा घर भत्किएको छ भने अन्नपात समेत नष्ट गरेको छ । आरक्षको जंगली हात्ती पीडितहरु खुल्ला आकाशमुनि बस्न् बाध्य रहेको यादवले बताउनुभयो ।
कोशी गाउँपालिका ४ का वडा अध्यक्ष अमिन मियाँले आईतबार र सोमबार राती हात्तिले दर्जन बढी परिवारको घर भत्काई दिएकाले पीडितको अवस्था दयनिय भएको बताउनुभयो । मियाँले पनि पीडितहरुलाई आरक्ष वा सरकारले तत्काल राहत दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्