इटहरीमा इन्टीलेक्ट २०१९ सम्पन्न

<span class='c1'>इटहरीमा इन्टीलेक्ट</span> <span class='c2'>२०१९ सम्पन्न</span>

ईटहरी । इटहरीमा इन्टीलेक्ट २०१९ सम्पन्न भएको छ । इन्टेलेक्ट कार्यक्रमले विद्यार्थीहरुको क्षमता विकास गर्ने युवा उद्यमी विनोद पौडेलले बताए । इटहरीस्थित इटहरी नमुना कलेजका विद्यार्थीहरुले आयोजना गरेको सो कार्यक्रममा शिक्षण सिकाइ प्रक्रियामा परियोजनात्मक शिक्षण विधिको औपचारिक रूपमा प्रयोग गर्नु उदाहरण्ीय भएको होटल व्यवसायी जिवन पराजुलीले बताए । कार्यक्रममा पुर्वका सफल व्यवसायी बलराम आचार्यले आजको युगमा व्यबहारिक ज्ञान अत्यावश्यक रहेको उल्लेख गरे । उनले सकारात्मक सोच राखेर अघि बढेमा सफलतामा पुग्न सकिने दाबी गरे ।
विद्यार्थीलाई प्रयोगात्मक विधी र व्यावहारिक जीवनमा आफूले पढेका कुराहरु कसरी प्रयोग गर्ने विषयमा इन्टीलेक्ट कार्यक्रम सहयोगी हुने उनको भनाइ थियो । क्याम्पस अध्यक्ष केशब खड्काले कार्यक्रमबाट विद्यार्थीहरु लाभान्वित भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्