सन्दर्भ बुबाको मुख हेर्नेदिन: समाज सेवा र जेष्ठ नागरिकको हकहितमा सधैं लडिरहने : शिव प्रसाद ढकाल

<span class='c1'>सन्दर्भ बुबाको मुख हेर्नेदिन:  समाज सेवा र जेष्ठ</span> <span class='c2'>नागरिकको हकहितमा सधैं लडिरहने : शिव प्रसाद ढकाल</span>

२००१ सालमा भोजपुरमा जन्मनुभएका शिव प्रसाद ढकालको यात्रा अरु भन्दा फरक छ । ७६ वसन्त पारगर्नुभएका ढकाललाई समाज सेवा र जेष्ठ नागरिकको हकहितमा आवाज उठाउदै आउनुभएको छ ।


उहालाई भोजपुरदेखि काठमान्डौ सम्म ख्याती प्राप्त समाज सेवीका रुपमा चिनिदै आउनुभएको छ । हाल काठमान्डौको कोठेश्वरमा बस्दै आउनुभएका उहाँ अग्रज जेष्ठ नागरिक संघ केन्द्रि समितिको उपाध्यक्ष हुनुहुन्छ भने भोजपुर काठमान्डौ समाजको अध्यक्ष हुनुहुन्छ ।
२१ वर्षे त्यो जवानी उमेर देखि नै समाजसेवामा लाग्नुभएका ढकालले भोजपुरमा रहदाँ गाँउमा विद्यालय स्थपना देखि खानेपानी , बाटोघाटोको लागी महत्व पुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । राजनितिक र समाज सेवा नै मुख्य कार्य बनाउनुभएका ढकाल २०३४ देखि २०३९ सम्म गाँउमा उप प्रधान पञ्च समेत भएर गाँउमा धेरै विकासका कामहरु गर्दै आएको लामो अनुभव ढकालसँग छ ।
गाँउमा विद्यमान खानेपानीका लगायतका समस्या समानधन गर्न, अन्ययमा परेकाहरुलाई न्यान दिन आवश्यक भुमिका निर्वाह गर्न उहाँ कहिल्यै पछि पर्नुभएन । २०४६ सालको जनअन्दोलन पछि मुलुकमा प्रजातन्त्रको पुर्नस्थपना भएपछि पनि उहाँ राजनितीमा सक्रिय नै भएर लाग्नुभयो ।
२०४९ को स्थानियको निकायको निर्वाचनमा ढकाल गाँउविकास समितिको उपाध्यक्षमा निर्वाचित हुनुभयो र आफ्नो ५ वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नुभयो । त्यस पस्चात उहाँको यात्रा नेपालको राजधानी काठमान्डौको लागी तय भयो ।
२०५४ सालमा काठमान्डौमा कोटेश्वर सहयोगी नगर समितिको अध्यक्ष हुनुका साथै अन्य विभिन्न संघसस्थामा रहेर समाज सेवामा लागिरहनुभएको छ । पछिल्लो समय नेपालमा जेष्ठ नागरिकहरुले विभिन्न माग राखेको अन्दोलनको नेतृत्व गर्नुभएका ढकालले जेष्ठ नागरिकहरुलाई राज्यले उचित सम्मान दिन नसकेको बताउनुहुन्छ । जेष्ठ नागरिकको हकहितका लागी अझै पनि उहाँ काठमान्डौ बसेर वकलत गरिरहनुभएको छ ।

प्रस्तुति : प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्