ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी भएको छ । आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ । आज बिहान गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्चीको भान्सा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलले जनाएको छ ।
आगलागीबाट घरमा भएको सम्पुर्ण समान जलेको छ । आगलागी विमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको प्रहरी टोली र स्थानियवासीहरुको सहयोगमा बिहान ११ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा अन्य कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।