सुनसरीमा बिषालु सर्पको बिगबिगी ,सर्पले डसेर २ जनाको मृत्यु

<span class='c1'>सुनसरीमा बिषालु सर्पको बिगबिगी ,सर्पले</span> <span class='c2'>डसेर २ जनाको मृत्यु</span>

सुनसरी, भाद्र १८ गते।

सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साँढे ५ बजे मृत्यु भएको हो ।

यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका-१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाईबाट मृत्यु भएको छ । मंगलवार राती सवा ९ बजे घर छेउमै बिषालु सर्पले डस्दा घाईते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पर्‍यानासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्