एम्बुलेन्स पल्टिँदा एकको मृत्यु, चार घाइते

<span class='c1'>एम्बुलेन्स पल्टिँदा एकको</span> <span class='c2'>मृत्यु, चार घाइते</span>

बर्दिबास । पैदल यात्रीलाई जोगाउने क्रममा महोत्तरीको बर्दिबास ३ मा एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जनाए।

दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन्।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका ४ रोशा बराइली पनि घाइते भएका हुन्। उनको दाहिने खुट्टा भाँचिएको छ। घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ।

प्रहरीका अनुसार घरायसी झगडामा उवेश लगायत घाइते भएका थिए। घाइतेहरूलाई एम्बुलेन्सबाट अस्पताल लाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्