नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परे

<span class='c1'>नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर</span> <span class='c2'>जिल्ला सेक्रेटरी पक्राउ परे</span>

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सेक्रेटरी (सचिव) विजय नेम्बाङलाई प्रहरीले फिदिम नगरपालिका–१४ स्थित लुङरुपाबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नेम्बाङले स्थानीय तह प्रमुख तथा उद्योगी व्यवसायी, ठेकेदार, गैरसरकारी संघसंस्था लगायतका व्यक्तिहरुलाई फोन गरी चन्दा माग गर्ने, साथै धाक धम्की दिँदै आएको बताए । पक्राउ परेका नेम्बाङलाई जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्