मेचीमा भ्रमण वर्षको तयारी शुरू

<span class='c1'>मेचीमा भ्रमण वर्षको</span> <span class='c2'>तयारी शुरू</span>

इलाम । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरू गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘भ्रमण प्याकेज’ बनाउने काम समेत थालेका छन् । पर्यटन व्यवसायीको भेलाले राजेन दंगालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको छ ।

पर्यटन व्यवसायीले भ्रमण वर्ष सफल बनाउन सबै तह र तप्काबाट लाग्न सबैलाई आह्वान समेत गरेका छन् । भ्रमण वर्ष सफल बनाउन जिल्ला–जिल्लामा समिति गठन गर्ने र सम्बन्धित संस्थासँग समन्वय गरेर आउने पर्यटकका लागि राम्रो व्यवस्था मिलाइने पर्यटन व्यवसायी देवी पौड्यालले जानकारी दिए । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि इलाम जिल्लाभरिको ‘टुरिजम प्याकेज’ समेत निर्माण गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्