ताप्लेजुङ । खैरो हिराइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका–१ मेवाखावाट इलामका २४ बर्षीय विवेक लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
लिम्बूको साथबाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्काका अनुसार शंकास्पद अवस्थामा हिंडिरहेका उनलाई शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको थियो ।