बिराटनगर भदौ २७ ,
जीवन विकास समाज, हेबिटेट नेपाल र जहदा गाउँपालिकाको सहयोगमा अर्थपूर्ण जीवनका लागि आवास कार्यक्रम अन्तर्गत १९ वटा घरहरु निर्माण भएको छ। उक्त निर्माण क्रममा जीवन बिकास समाजको आयोजनामा जीवन बिकास लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय मझारे ,लक्ष्मिनिया युवा क्लब, नारी बिकास संघ तथा जहदा गाउँपालिकाको सहकार्य रहेको थियो ।
जहदा-३ हाथीबन्धा स्थित सुकुमबासी टोलमा बनेको १९ वटा घरमा स्वयंसेवक कार्यक्रम संचालन गरी घर निर्माणमा सहयोग गरिएको जीवन बिकास लघुबित्त बित्तिय संस्था लिमिटेड मझारे शाखाका प्रमुख हेम नारायण राजबंशीले जानकरी दिए । सामाजिक कार्यको लागि सदैब साथ र सहयोग गर्नको लागि तयार रहेको लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले बताए । १९ वटा घर बनाई उक्त ठाउँको सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ ।