संखुवासभामा स्थानिय तहमा उप-निर्वाचनको चहलपल सुरु

<span class='c1'>संखुवासभामा स्थानिय तहमा</span> <span class='c2'>उप-निर्वाचनको चहलपल सुरु</span>

संखुवासभा । स्थानिय तहमा उप-निर्वाचन हुने भएपछि संखुवासभामा राजनैतिक दलहरु चुनावी चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उप-निर्वाचन गर्ने मिती तोकेपछि दलहरु चुनावी अभियानमा लागेका छन् ।

संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन् । मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका ३ मा वडा अध्यक्षको निधन भएपछि पद रिक्त भएको हो । मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कटुवाल गाडी दुर्घटनामा परेर ०७४ माघ २९ गते र री नगरपालिका–३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवाहक भरमा चलेको छ ।

मकालु गाउँपालिकामा कार्यवाहकको उपाध्यक्ष चमेली राईले अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन् भने खाँदबारी–३ मा वडाका ज्येष्ठ सदस्य देवराज घिमिरेले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । दश स्थानिय तह रहेको संखुवासभामा पाँच स्थानिय तहमा नेकपा र पाँच तहमा नेपाली कांगे्रसले जितेका छन् । मकालु गाउँपालिकामा नेकपाका खड्ग कटुवाले कांगे्रसका राई बहादुर राई हराएका थिए । चुनाव नजिकै जाँदा नेकपा र कांग्रेस दुबै दल मकालु गाउँपालिकामा चुनावी अभियान सञ्चालन गरी रहेका छन्। दहहरुले कार्यकर्ता भेटघाट र घर दैलो अभियान गर्दै गाउँ गाउँ पुगेका छन् ।

कांग्रेसले चुनावी अभियान सुरु गरेपछि नेकपा पनि तातिएको छ। नेकपाले मकालु आफ्नो पकड क्षेत्र बताउँदै आएको छ । नेकपाले मकालुमा फेरि पनि जित्नुपर्ने भएका कारण केन्द्रीय स्तरका नेता र त्यस क्षेत्रका सांसद पूर्ण प्रसाद राई गाउँ गाउँसम्म पुगिसकेको पाटी सचिव कृष्ण जिमीले बताए । नेकपाले कार्यकर्ताहरूसँग भेटघाट र गाउँ गाउँ पुग्ने काम तिव्र भइरहेको जनाएको छ ।

सम्भावित उम्मेदवारहरु
नेकपामा उम्मेदवारका लागि तेज बहादुर पोख्रेल, भरत कटुवाल, ताराकुमार गुरुङ र भिम राईको नाम चर्चामा छ । त्यसैगरी कांग्रेसको तर्फबाट कांग्रेसबाट राईबहादुर राई, काजीमान गुरुङ, देउमान राई र विमल पराजुलीको नाम चर्चामा छ । राईबहादुर राई अघिल्लो निर्वाचनमा हार व्यहोरेका उम्मेदवार हुन् । ताराकुमार पूर्वगाविस अध्यक्ष समेत भइसकेको छन् । टिकटका लागि दुबै दलमा कार्यकर्ता आ–आफ्नो निकटका नेतालाई लभिङ गरिरहेका छन् ।

खाँदबारी नगरपालिका वडा नम्बर–३ नेकपाका तोथनाथ ढुङगनाले निर्वाचित भएको थिए । उनीको हृदयाघातका कारण मृत्यु भएको थियो । खाँदबारी–३ मा नेकपाका बाट जिल्ला खेलकुद विकास समितीका अध्यक्ष भरत घिमिरे, सुमन श्रेष्ठ र जित बहादुर घिमिरेको नाम चर्चामा छ । त्यस्तै कांग्रेसबाट अघिल्ला निर्वाचनमा पराजित भएका बाबुराम खत्री, डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ,र बालकुमार घिमिरेको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्