सिरहाको लक्ष्मीपुरमा विराटनगरको न्युरोको स्वास्थ्य शिविर, ७ सयले लिए सेवा

<span class='c1'>सिरहाको लक्ष्मीपुरमा विराटनगरको न्युरोको स्वास्थ्य</span> <span class='c2'>शिविर, ७ सयले लिए सेवा</span>

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य लाभ लिएका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नम्बर ६ कार्यालय सितापुर र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरको संयूक्त आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

आयोजित सो शिवरबाट ७ सय १२ जना विरामी लाभान्वित भएकोे लक्ष्मीपुर पतारी गाँउपालिकाले जनाएको छ । न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सिरहा जिल्लाकै उत्कृष्ट शिविर रहेको स्थानीयले बताए । न्यूरो हस्पिटलको ४२ जनाको स्वास्थ्यकर्मीको टोली संगै वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोका आफै ग्रामीण भेगमा पुगेर स्वास्थ्य सेवा दिएका थिए ।
स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ न्यूरो सर्जन डा यम बहादुर रोका , वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका , वरिष्ठ दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साह , वरिष्ठ अर्थोपेडिक सर्जन डा.अमित देव लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।
लक्ष्मीपुर पतारी गाँउपालिका ६ नं वडा कार्यलयका वडा अध्यक्ष राजेश्वर साह सुडीले न्यूरो हस्पिटलले समाज प्रति सदैव उत्तरदायी हुनु पर्ने भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए ।

शिविरमा न्यूरो सम्बन्धी , महिलाको आङ खस्ने समस्या , महिनावारी , डाइबेटिज , फिजियोथेरापी , बालबालिमा लाग्ने बिभिन्न रोग तथा हाड जोर्निको विरामीहरुले स्वस्थ्य लाभ लिएको अस्पपतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्