विर्तामोडबाट पक्राउ परेका विप्लव समूहका जिल्ला सेक्रेटरी दिपेन जेलबाट नै नेकपमा प्रवेश

<span class='c1'>विर्तामोडबाट पक्राउ परेका विप्लव समूहका जिल्ला</span> <span class='c2'>सेक्रेटरी दिपेन जेलबाट नै नेकपमा प्रवेश</span>

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्।

उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उनलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्