ओखलढुंगाका स्थानीय तहले खर्च विवरण नबुझाउँदा समस्या

<span class='c1'>ओखलढुंगाका स्थानीय तहले खर्च</span> <span class='c2'>विवरण नबुझाउँदा समस्या</span>

ओखलढुंगा ।  ओखलढुंगाका स्थानीय तहले खर्च विवरण नबुझाएपछि चालु तथा पुँजीगत खर्चको अख्तियारी फुकुवा हुन सकेको छैन । अनलाइन मार्फत उपलब्ध गराउनु पर्ने विवरण नपठाएपछि निकासा रोकिएको हो ।
ओखलढुंगाका ८ स्थानीय तहमध्ये सोमबारसम्म मोलुङ र चिसंखुगढी गाउँपालिकाको मात्र विवरण अनलाइनमा उपलब्ध छ । यी दुई स्थानीय तहको पहिलो चौमासिकको बजेटको निकासा पनि सोमबारै भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।  रकम निकासा लिएर पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण तथा अन्य प्रथामिकतामा रहेका केही काम चाडबाडकै विचमा समेत गर्ने तयारी गरिएको चिसंखुगढीका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । अन्य ६ स्थानीय तहको विवरण भने अझै कोष तथा लेखा नियन्त्रण कार्यालयमा पूर्ण रुपमा बुझाइएको छैन । सिद्धिचरण नगरपालिका, खिजीदेम्वा गाउँपालिका, मानेभञ्ज्यांग, सुनकोसी, लिखु र चम्पादेवीले विवरण बुझाएका छैनन् । पहिलो चौमासिकको दुई महिना बितेपनि खर्च विवरण पेश नहुँदा निकासा रोकिएको हो ।

अनलाइन मार्फत पेश गर्नु पर्ने विवरण आएका दुई स्थानीय तहको रकम निकासा सोमबारै भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजनकुमार फुयाँलले बताए ।
पेश भएका तहको तत्कालै निकासा हुने फुयलको भनाइ छ । बजेट निकासा नहुँदा पहिलो चौमासिकमा हुने विकासका योजना दशैं तिहार अघि शुरु नहुने भएका छन् भने सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न समस्या हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्