झापाको भद्रपुर नगरपालिकाको उपहार : अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर

<span class='c1'>झापाको भद्रपुर नगरपालिकाको उपहार : अतिविपन्न</span> <span class='c2'>सन्थाल परिवारलाई नयाँ पक्की घर</span>

झापा – भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ ।

भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले बताए । उनका अनुसार विपन्नताको आधारमा छनोट भएका सन्थाल परिवारलाई घर निर्माण गरी दशैँको अवसर पारेर हस्तान्तरण गरिएको हो ।

भद्रपुरको वडा नं १ र ३ मा यस वर्ष २४  घर निर्माण गरिएको भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले बताए । उनले बाँकी १४ घरको समेत निर्माणकार्य सकिनै लागेकाले तिहारअघि नै अन्य विपन्न परिवारलाई हस्तान्तरण गरिने जानकारी दिए ।

वषौँदेखि माटो र खरको घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दशैँको बेला नयाँ पक्की घरमा बस्न पाएपछि खुसी भएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्