चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी

<span class='c1'>चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा</span> <span class='c2'>प्रस्तुत हुने प्रधानमन्त्रीको चेतावनी</span>

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाविरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

सोमबार गृहजिल्ला झापाको दमकमा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लुटपाट गर्ने र बम पड्काउनेविरुद्ध सरकार झन् कठोररुपमा प्रस्तुत हुने बताए ।

गलत आचरण भएका साना–ठूला सबैले सजाय भोग्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्यका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

उनले विकास आयोजनामा भइरहेको प्रगतिका लामो फेहरिस्त पनि सुनाए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश विकासका लागि साझा सहमति र एकताको खाँचो औंल्याए । कार्यक्रम सकाएर प्रधानमन्त्री ओली सोमबारै काठमाडौं फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्