उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ । शुक्रबार राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
घरमा आमा छोरी मात्रै बस्ने गरेका उनीहरुको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको केसीले बताए । शारदाका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् । घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर मगाइएको डीएसपी केसीले बताए । उनका अनुसार शारदाले शुक्रबार साँझसम्म आफ्नो माइतीमा फोन सम्पर्क गरेको पाइएको छ । राति घटना भयो ।