प्रदेश सरकारको धनकुटामा अन्तरक्रिया, ‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’

<span class='c1'>प्रदेश सरकारको धनकुटामा अन्तरक्रिया, ‘सर्वोच्चको</span> <span class='c2'>फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’</span>

धनकुटा । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् । शनिबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्थानीय जनप्रतिनिधिले तलब लिन नपाउने सर्वोच्च अदालतको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा परेको बताए ।

धेरै कानुन बनाउनुपर्ने भएपनि हरेक मन्त्रालयमा दक्ष जनशक्तिको अभावले केही ढिलाइ भएको उनको भनाइ थियो ।मुख्यमन्त्री राईले संविधानको अधिनमा रही प्रदेश–१ ले हालसम्म ४३ ओटा कानुन बनाएको जानकारी दिए ।
कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी र मोरङका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्