धनकुटाका कांग्रेस नेता राउतको निधन

<span class='c1'>धनकुटाका कांग्रेस नेता</span> <span class='c2'>राउतको निधन</span>

धनकुटा। नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष मेजर बल बहादुर राउतको निधन भएको छ। राउतको पार्थिव शरिरमा शनिवार चार तारे झण्डा ओढाई नेपाली कांग्रेसले सम्मान सहित श्रद्धाञ्जली दिएपछी मुलघाटस्थित तमोर नदीमा अन्त्यष्टी गरिएको छ।

अन्त्यष्टि गर्नु अघि नेपाल भूतपूर्व संनिक संघ धनकुटाले समेत संघको झण्डा ओढाई अन्तिम समाली दिएको थियो भने नेपाली सेनाले समेत अन्तिम सलामी दिएको थियो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व जिल्ला सहसचिव राजन पौडेल, तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले पार्टीको चारतारे झण्डा र नेपाल भूतपूर्व सैनिक संघ धनकुटाका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य धन वहादुर खड्का लगायत भूतपूर्व सैनिकहरुले भूतपूर्व सैनिक संघको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

लामो समयदेखी श्वासप्रश्वास सम्वन्धि समस्याका कारण विरामी भएका राउतको ८२ बर्षको उमेरमा गएराती निधन भएको थियो । राउतलाई उहाँका छोराहरु राजेन्द्र वहादुर राउत, नविन राउत र आशिष राउतले दाग वत्ती दिएका थिए।

राउतको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको भन्दै उनले नेपाली कांग्रेसमा दिएको योगदानको वारेमा जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी गराएका थिए। उनको जीवनीको वारेमा नेपाल भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य धन वहादुर खड्काले बाचन गरेका थिए।राउतप्रति परिवारजन आफन्तजन र नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुले घाटमै अन्तिम श्रद्धाञ्जली दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्