‘फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली सेनाको साथ’, कार्यक्रम धनकुटामा पनि आरम्भ

<span class='c1'>‘फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली</span> <span class='c2'>सेनाको साथ’, कार्यक्रम धनकुटामा पनि आरम्भ</span>

धनकुटा । ‘फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल लक्ष्यका साथ सुरु भएको कार्यक्रम धनकुटामा पनि आरम्भ भएको छ ।सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले धनकुटा महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा एभोकाडोको विरुवा वृक्षरोपण गरि धनकुटामा समेत अभियानको आरम्भ गर्नु भएको हो । सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफुलको विरुवा’ लाई सफल पार्न तथा ऐक्यवद्धता जनाउन नेपाली सेनाले पनि ‘एक सिपाही, एक फलफुलको विरुवा’ अभियानको प्रारम्भ गरेको हो ।

धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र संखुवासभामा तैनाथ सम्पूर्ण गण गुल्महरुले स्थानीय तह र सरोकारवाला निकायहरुसँग सहकार्य गरि वृक्षरोपणको व्यवस्था मिलाइएको छ । उक्त अभियान अन्र्तगत विभिन्न प्रजातिका २० हजार फलफुलको विरुवा रोपिने नेपाली सेनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्