पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ हाङथुवा टोलमा नयाँ बिजुली विस्तार गरी पोलबाट तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार पाल्पाको रुप्से गाउँपालिका ९ वस्ने वर्ष २५ को ईश्वर सारु मगरलाई तार जडान गर्ने क्रममा ज्यान गएको हो । अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी पौने ११ बजेको समयमा जिल्ला अस्पताल पाँचथर पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।