इलाममा घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर बालकको ज्यान गयो

<span class='c1'>इलाममा घरको आँगनमा पकाएर राखिएको</span> <span class='c2'>खोलेमा परेर बालकको ज्यान गयो</span>

इलाम । यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।

इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पु¥याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्