प्रदेश १ को नाम कोशी राख्‍नुहोस् : माधव नेपाल

<span class='c1'>प्रदेश १ को नाम कोशी</span> <span class='c2'>राख्‍नुहोस् : माधव नेपाल</span>

इटहरी ।  नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक नम्बर प्रदेशलाई ‘कोसी प्रदेश’ नामाकरणको प्रस्ताव गरेका छन् । इटहरी नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्ताे बताएका हुन् ।  प्रदेशको नामांकनमा सहमति हुन नसकिरहेकाे देखेर नेता नेपालले चियापान समाराेहमै यस्तो प्रस्ताव गरेका हुन् । ‘तुरुन्तै भनिदिनुस्, कोशी प्रदेश,
यो १ नम्बर, २ नम्बर, ३ नम्बर, के हो यो चाला ? एउटा निर्णय गर्न नसक्ने हामीभन्दा हुतिहारा को होला !’

चुनावी अभियानको क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अघि भनेका छन्, ‘राष्ट्रिय एकताको भावनाबाट अघि बढिरहेको बेला अहिले पनि हामी साना साना कुरामा अल्झिरहेका छौँ ।’ प्रदेश नामांकन गर्न पार्टीबीच सहमति नभइरहँदा नेता नेपालले ‘कोशी प्रदेश’ नै निर्विकल्प भएको बताएका हुन् । उनले सहमति हुन नसकेकोमा आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्