‘भीआइपी’ भारतीय चोर झापामा पक्राउ, चोरी गरेकै रकमबाट ६० लाखको गाडी खरिद

<span class='c1'>‘भीआइपी’ भारतीय चोर झापामा पक्राउ, चोरी</span> <span class='c2'>गरेकै रकमबाट ६० लाखको गाडी खरिद</span>

झापा– भारतबाट नेपाल आएर चोरीमा संलग्न एक नामुद चोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए । साह भारतको सिलगडीका भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी मोहन थापाका अनुसार साह नेपाल भारत सीमावर्ती जिल्ला झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा चोरीमा संलग्न रहेको खुलेको छ ।

पक्राउपछि शुक्रबार चोरीमा संलग्न साहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार  उनी भारतबाट नेपाल आउदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने गरेको समेत भेटिएको छ ।

‘महंगो गाडी चढेर नेपाल आउने, धनाढ्यहरुको घर रेकी गर्ने र कोही नभएको मौका पारी चोर्ने गरेको भेटिएको छ’ इलाका प्रहरी प्रमुख थापाले भने, ‘साहले चोरी गरेकै रकमबाट ६० लाख पर्ने गाडी चढेको समेत अनुसन्धानबाट खुलेको छ ।’

प्रहरीले साहलाई १२ कार्तिक गते सिसिक्यामेराको फुटेजका आधारमा विर्तामोडस्थित एक लजबाट पक्राउ गरेको जनाएको छ । सहाले विर्तामोड ५ बस्ने ललिता सापकोटा, गीता पौडेल, मधुगुप्ता लगायतका घरमा चोरी गरेको प्रहरीले जनाएको छ । उनका साथबाट प्रहरीले चोरी गरेका केही सामानपनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्