लागुऔषध गाजा सहित झापाबाट दुइजना पक्राउ

<span class='c1'>लागुऔषध गाजा सहित</span> <span class='c2'>झापाबाट दुइजना पक्राउ</span>

झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरीगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० रुपैयाँ बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्