ओबी

विराटनगरका संभावना, राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी भारतमा छट्पटाउँदा किन दुख्दैन कसैलाई ?

विराटनगर। विराटनगरका क्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सिद्धान्त लोहनी दुई वर्षअघि क्रिकेट लिग खेल्ने क्रममा लागेको गम्भीर चोटका कारण अहिले उपचार गराइरहेका छन्। विराटनगर निवासी लोहनी खुट्टामा लागेको गम्भीर चोटका कारण भारतको गुडगाउँमा रहेको अर्टिमिस अस्पतालमा उपचाररत छन् । महेन. . .


काठमाडौं महानगरकी उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिदाँ नेपालबाट उपप्रमुख डंगोल मात्र चयन भएकी हुन् । डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्ल�. . .


सिरहामा महिलाको मृत्यु प्रकरण बारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सिरहा । रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् । गृहमन्त्री लेखकले यस घटनाका सम्�. . .


अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको जनाएको छ । बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा ज. . .


कर वृद्धि बारे निर्णय अब चीनको हातमा छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताउनुभएको छ । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्न. . .


कोशी पर्यटन वर्षसँगै विराटनगरमा आगामी बैशाख १८ र १९ गते लगानी सम्मेलनको तयारी

विराटनगर । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिता बढाउन आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनका बारेमा बुधबार औपचारिक रुपमा जानकारी दिइएको छ । यसअघि गत माघमा गर्ने तय भएको ल�. . .


चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो ट्रेलरमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ । ट्रेलरमा वृद्ध अवस्थामा पुगेका एक व्य�. . .


एमाले विराटनगर अधिवेशन : अध्यक्ष नपाएपछि मिनकुमार आचार्यले फेरे लाइन

विराटनगर । नेकपा एमालेको विराटनगर महानगरको दोस्रो अधिवेशन चलिरहेको छ । अधिवेशनमा विराटनगर ५ का पूर्व वडाध्यक्षसमेत रहेका मिनकुमार आचार्यले समूह परिवर्तन गरी संस्थापन पक्षमा गएका छन् । उनले अध्यक्ष पदका लागि आश्वासन दिएर धोका दिएको आरोप लगाएका छन् । विज्ञप्ति जारी गरेका आचार्यले युवराज बास्कोटा र . . .


सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

सुवास दर्नाल/रासस सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार ग�. . .


सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम

काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ । अ�. . .


करेन्ट, गुट्खा,पावर खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागका अनुसार अनुगमनलाई तीव्रता दिदैँ करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घ. . .


यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको. . .