ओबी

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ । कुल बजार पुँजीकर�. . .


बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन्. . .


धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौँ । पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले प�. . .


सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च

काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को गत मङ्सिर मसान्तसम्मको सार्वज�. . .


नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ । यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाह. . .


मोरङको जहदामा एक युवतीलाई बाँसघारीमा हातखुट्टा बाधी घाईते अवस्थामा फेला, कोशी अस्पतालमा उपचार हुँदै

विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बाँसघारीमा हातखुट्टा बाधेर बाईते अवस्थामा फेला परेकी छिन् । जहदा  हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् । उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक द�. . .


विरानगरमा ‘डन होड’ संरक्षणमा भईरहेछ होटलमा हुलहुज्जत

विराटनगर । विराटनगरमा विभिन्न ‘डन’ समूहको संरक्षणमा साना किसिमका हुलहुज्जत र आक्रमणका घटना हुने क्रम बढेको छ । रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि त्यहाँको लाभसँग ‘डर’ मिसाउने योजनाका साथ विभिन्न आक्रमणका घटना बढ्न थालेको प्रहरीको अनुमान छ । पछिल्लो समय एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्ट भित�. . .


विराटनगर फुटसल लिगः स्टार बोइज एफसी फाइनलमा प्रवेश

विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको क्वालिफायर खेलमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। सोमबार विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा सम्पन्न क्वालिफायर खेलमा स्टार बोइज एफसीले अपटाउन एफसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्�. . .


जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

काठमाडौं । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पर्धी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सिमित रहे । यसअघि थापा जेसीज वर्ष २०२�. . .


रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा

गोपाल काफ्ले/रासस पथरी (मोरङ) । मोरङ जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उहाँमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ । स्. . .


पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिल�. . .


दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ पुन: सञ्चालनमा

हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट नागरिकका लागि खुला गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै . . .