मोरङको जहदामा एक युवतीलाई बाँसघारीमा हातखुट्टा बाधी घाईते अवस्थामा फेला, कोशी अस्पतालमा उपचार हुँदै

<span class='c1'>मोरङको जहदामा एक युवतीलाई बाँसघारीमा हातखुट्टा बाधी</span> <span class='c2'>घाईते अवस्थामा फेला, कोशी अस्पतालमा उपचार हुँदै</span>

विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बाँसघारीमा हातखुट्टा बाधेर बाईते अवस्थामा फेला परेकी छिन् ।

जहदा  हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् ।

उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि हातको इशाराले गाँउलेलाई बोलाएकी थिईन् । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी बेदप्रकाश सहितको टोली घटना स्थलमा पुगेर ती घाईते युवतीको गरी कोशी अस्पतालमा ल्याईएको छ ।

उनलाई बाँस झ्याङ्गमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरेको हुन सक्ने उनकी दिदीले बताएकी छिन्।
आपराधिक घटनामा संलग्नको खोजतलास सुरु गरिएको मोरङ प्रहरीले बताएको छ । पीडितले भने अनुसारको घटना भएको हो वा हैन यकिन गरेर संलग्नहरुको खोजतलास सुरु गरिएको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले घाईतेलाई कोशी अस्पतालमा पुगेर भेटेका छन् । उनले महिलालाई के कस्तो घटना भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भईसकेको जानकारी दिए । घाईतेको युवतीको मेडिकल चेकजाँच पछि के भएको हो अनि मात्र वास्तविक कुरा खुल्ने एसपी चिमरियाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्