भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । रुस — युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् । कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्ता मार्फत नै युक्रेन�. . .
बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क�. . .
क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पोक्. . .
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ । बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन�. . .
युक्रेनको बन्दरगाह शहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणक�. . .
भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । "भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, स�. . .
अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो । गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६. . .
बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण�. . .
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले, “हामीले स्पष्ट र सटीक रूपमा बुझ्नुपर्छ – . . .
इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्। इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता ब. . .
मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ । घोडा दौड, धनुर्विद्या र कुस्ती खेल्ने मङ्गोलियाली राष्ट्रिय पर्व नादम नज. . .
दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १०,४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रो�. . .