अन्तराष्ट्रिय खबर

भारतमा कोरोना भाइरसबाट थप २१ हजार सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार भारतमा थप २१ हजार २ सय ५७ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । . . .


मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १६ जना सैनिकको मृत्यु

बामाको। मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि १६ जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ । मध्य मालीको बान्डिगारा ब�. . .


विश्व स्वास्थ्य संगठनद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

जेनेभा। विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर�. . .


इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्य�. . .


बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित

लण्डन। बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । सरकारी अधिकारीले द�. . .


अफगानिस्तानको एक मदरसामा विष्फोट ,एकको मृत्यु, १७ जना घाइते

खोस्त, अफगानिस्तान। अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरु. . .


फिलिपिन्सका उपराष्ट्रपति आगामी राष्ट्रपतिको निर्वाचनमा उठ्ने

मनिला, फिलिपिन्स। फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् । यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछि उमेद्वारी घोषणा गर�. . .


फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता

मनिला। फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधब. . .


हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु

साना। यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्�. . .


लिबियामा संसदको निर्वाचन फेरी सर्यो

त्रिपोली। लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरी पछाडि सरेको छ । प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो । यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो । “राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि सं�. . .


भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या झण्डै सात महिना पछिकै सबैभन्दा कम

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारी अनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६ सय ८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । सङ्ख्या २ सय ३ दिनपछिकै सबैभन्दा कम भएको क�. . .


आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु

बेनोस एरिस। अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्य. . .