अन्तराष्ट्रिय

अफगानिस्तानमा भूकम्प कम्तीमा २८० जनाको मृत्यु

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । 0सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्�. . .


मध्य मालीमा १३२ सर्वसाधारण मारिए

मध्य मालीको तीनवटा गाउँमा जम्मा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सवै मारिएका हुन् । विज्ञप्तिमा �. . .


भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एक दिनमा �. . .


भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बा�. . .


वर्षाले चीनको जियाङ्सीमा ४ लाख ८५ हजार मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्। शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सी�. . .


रूसी तेलको निर्यात चीनतर्फ बढ्यो

चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा बृध्दि गरेको छ । यूक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरुको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले सोमबार देखाएको छ । पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँ�. . .


अफगानिस्तानमा वम विस्फोट हुँदा दुईको मृत्यु, २८ घाइते

अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन् । घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भी. . .


फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ । केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । “अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन. . .


कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ । कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्. . .


सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। इस्लामिक स्टेट जिहादी सङ्गठन अझै सक्रिय रहेको राका प्रान्तमा भएको आक्रमण कसले गराएको हो भन्ने बारे तत्काल पुष्टि गर्न नसक्ने युद्ध अनुगमन स�. . .


भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । . . .


पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ । बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ । पाकिस्तानी . . .