अन्यतिर बाट

आईतबार दिउँसो आएको हावाहुरीबाट धनकुटाको ५ घर क्षतिग्रस्त

विराटनगर । आईतबार दिउँसो भएको हावाहुरी सहितको बर्षाका कारण धनकुटाको ५ घरमा क्षति पुगेको छ । हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनका ५ घरमा क्षति पुगेको हो । क्षतिको पुर्ण विवरण भने आउन बाँकी नै रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । कार्यालय अनुसार क्षतिग्रस्त स्थानमा राहत र पूर. . .


धान बोकेको कन्टेनरभित्र दुई सय बोरा चिनी

विराटनगर । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा दुई सय बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट दुई सय बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए । कन्टेनरक. . .


अघिल्लो स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने व. . .


अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो । गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जना�. . .


एएफसी फुटसल एसियन कप छनोटमा नेपालकाे लगातार दोस्रो हार

विराटनगर । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहाेरेकाे छ । आज भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले सुरुवाती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । याे खेलमा नेपालले सु. . .


हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकको हेलिकप्टर प्रयोग गरी उद्वार

हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका प. . .


पाँच दलीय गठबन्धनले दाङमा साझा उम्मेदवार बनाउने निर्णय

दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका सभापति शङ्कर डाँगीले जानकारी दिए । पाँच दलीय गठबन्धनको संयुक�. . .


मधेस प्रदेशसभाको बैठक आज बस्दै

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रद. . .


बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा खानेपानीको हाहाकार

गलेश्वर । गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ । दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्य�. . .


वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

कर्णाली । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने न. . .


स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम निर्वाचित

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा.झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो । संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिं. . .


पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन हुन्छ : उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ�. . .