आईतबार दिउँसो आएको हावाहुरीबाट धनकुटाको ५ घर क्षतिग्रस्त

आईतबार दिउँसो आएको हावाहुरीबाट धनकुटाको ५ घर क्षतिग्रस्त

विराटनगर । आईतबार दिउँसो भएको हावाहुरी सहितको बर्षाका कारण धनकुटाको ५ घरमा क्षति पुगेको छ ।

हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनका ५ घरमा क्षति पुगेको हो । क्षतिको पुर्ण विवरण भने आउन बाँकी नै रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । कार्यालय अनुसार क्षतिग्रस्त स्थानमा राहत र पूर्नस्थापनाका लागि जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन गरिसकिएको छ । हावाहुरीका कारण मानवीय क्षति भने नभएको जनाईएको छ ।

हुरीहुरीले भने करिब १० लाख बराबरको क्षति गरेको धनकुटा प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्