एएफसी फुटसल एसियन कप छनोटमा नेपालकाे लगातार दोस्रो हार

एएफसी फुटसल एसियन कप छनोटमा नेपालकाे लगातार दोस्रो हार

विराटनगर । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहाेरेकाे छ ।

आज भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले सुरुवाती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । याे खेलमा नेपालले सुरुवाती अग्रता बनाए पनि फराकिलाे हार बेहाेरेकाे हाे । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि ताजिकिस्तानले १० गाेल नै दोस्रो हाफमा गर्‍याे ।

यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल समूह चरणबाट बाहिरिएकाे छ । छनोट खेलका समूह ‘बी मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्