धान बोकेको कन्टेनरभित्र दुई सय बोरा चिनी

धान बोकेको कन्टेनरभित्र दुई सय बोरा चिनी

विराटनगर । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा दुई सय बोरा चिनी बरामद भएको छ ।

भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट दुई सय बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए ।

कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए ।

कन्टेनरका चालकलाई तीन लाख रुपैयाँ धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ । धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ ।

भारतीय कसटम सोनबर्सा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिणाम बराबरको चिनी बरामद गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्