खेलकुद खबर

राखेप सदस्य सचिवमा रोशनको उम्मेदवारी

विराटनगर । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि शारिरीक सुगठन खेलको तर्फबाट रोशन महर्जनले निवेदन दर्ता गराएका छन् । उनी राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो ब्यक्ति भएका छन् । उनले १ नं.मा निवेदन दर्ता गरेका हुन् ।   खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि निवेदन आव्हान गरे पश्च�. . .


वीरमानका परिवारलाई आर्थिक सहयोग

विराटनगर । उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघ�. . .


प्रदेश सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

विराटनगर । प्रदेश १ सरकारले तेह्रौं एशियाली खेलकुदमा प्रदेश नम्बर १ बाट सहभागी भई पदक विजेता ८८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । विभिन्न खेल विधामा सहभागी भई एकल तथा टिम तथा डबलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई बुधबार विराटनगरमा सम्मान गरिएको हो । सम्मानित ८८ जना मात्रै खेलाडी भए. . .


कराँते खेलाडी द्वाराा गुरुपुजा

विराटनगर । नेपाल कराँते महासङ्घ पोखरिया कराँते डोजोका खेलाडीहरुले गुरुपुजा मनाएका छन् । पोखरिया कराते डोजोका प्रमुख प्रशिक्षक बिनोदकुमार राउत लगायत मोरङ्ग कराते प्रशिक्षक अमर सुवेदी, बिश्राज ढकाल , सामाजिक अभियन्ता तथा करातेका पुराना खेलाडी पेरिस सुवेदी , लियो युनिक अध्यक्ष तथा करातेका पुराना खेल�. . .


अनलाइन कराँते कातामा नेपाललाई तेस्रो स्थान

विराटनगर । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ । नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यक�. . .


अनलाईन कराते कातामा नेपाललाई थप ४ पदक

विराटनगर । आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले थप चार पदक थप्न सफल भएको छ । ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोश्रो दिन थप एक स्वर्ण, एक रजत र दुई कास्य जोडेको हो । जुनि�. . .


अनलाईन कराते कातामा नेपाललाई ४ स्वर्ण

विराटनगर । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गर�. . .


सांसद अधिकारीद्वारा खेलकुद सामग्री हस्तान्तरण

विराटनगर । विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ । क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबल. . .


नेपाली फुटबलका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाए

काठमाडौं । नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाएका छन् । म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् । सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भ�. . .


पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदी कोरोना संक्रमित

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित भएको शनिबार उनले बताएका छन् । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोनाभाइरस संक्रमण पु�. . .


इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि हुने

कोभिड–१९ महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि सुरु हुने भएका छन् । पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । लिगमा कुल ९२ खेल बाँकी छन् र यी सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ । १७ जुनमा एस्टन भिल्लाले घरेलु मैदानमा से. . .


बजेट भाषण : खेलकुदका लागि दुई अर्ब ३६ करोड विनियोजन

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २६ करोड रकम विनियोजन गरेको जनाएको छ ।   स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधा सम्पन्�. . .