भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा हरायो

भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा हरायो

भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे ।

जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भारत डकवर्थ पद्धतिको आधारमा विजयी भयो । ऋतुराज गायकवाड १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे । यशस्वी जैसवाल २४ रनमा आउट भए । आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

आयरल्यान्डका ब्यारी म्याकार्थी ५१ रनमा अविजित रहे । कर्टिस क्याम्फर ३९ रनमा आउट भए । बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए । उनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । बुमराह खेलको प्लेयर अफ द म्याच भए । रवि विश्रोइ र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । भारत र आयरल्यान्डबीचको दोस्रो खेल भोलि आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्