अन्तराष्ट्रिय

कम्बोडियामा सवै नागरिकलाई कोरोनाको खोप निःशुल्क दिइने

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिनुभयो । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पन�. . .


विश्वभरी हालसम्म छ करोड भन्दा बढिमा कोरोना

विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २१६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३०६ रहेको छ । गत बिहीबारदेखि आजसम्म २९ हजार ८८९ जनामा पिसिआर परीक्षण भएको छ । यसमध्ये चार हजार ४३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ६४४ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज हुनुभ�. . .


चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो �. . .


अमेरिकामा कोरोना संक्रमणमा नयाँ रेकर्ड: एकै दिनमा २ लाख ३० हजार थप

अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ । त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको . . .


कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहराइन

कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो । बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगक�. . .


क्यानडामा जनवरीदेखि कोरोनाको खोप दिइने

क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो । “यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनव�. . .


बाइडेनको पहिलो काम : “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गर्नु भएको छ । उहाँले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिनु भएको हो । बर्तमान राष्ट्रप�. . .


कोभिड १९ को भारतीय खोप केही हप्तामै आउने मोदीको दाबी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताउनुभएको छ । उहाँले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिनुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ । प्रधानमन्त्री मोदीले भन्न. . .


अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

कोरोनाभाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ �. . .


रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए

रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइए. . .


भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिनु भएको हो । उहाँले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताउनु भएको छ । तमिलना. . .


भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ । भारतमा हालसम्म ८. . .