कोशी

प्रदेश १ को उपसभामुखमा एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने

विराटनगर । नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् । दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । प्रदेश �. . .


मोरङको सलकपुरमा शिल्पी थिएटरको मुक्त रंगमञ्च

विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा नाट्यकेन्द्र स्थापना गर्ने भएको छ । सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो । शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार पहिलो चरणमा मुक्त रंगमञ्चको स. . .


प्रदेश १ सरकार विस्तार, माओवादीबाट आचार्य र चापागाँई–एमालेबाट राजभण्डारी

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारील. . .


मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनी गत पुस २४ गते नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्ति भएसँगै कार्कीले २५ गते नै शपथग्रहण गर्दै सानो आकारको मन्त्र�. . .


विराटनगरका खत्ताब पुर्पक्षको लागि जेल चलान

विराटनगर । साझेदारलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक शहेन्शा सिद्दिकी नामले परिचित अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् । अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका २४ वर्षीय खात्ताब मोरङ अदालतले बिहीबार पुर्पक्षको लागि थ. . .


विराटनगरमा शेखर कोइरालाले भने–राष्ट्रपतिको निर्वाचन हेरेर प्रचण्डलाई विश्वासको मत

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दावी गरेका छन् । विराटनगरमा बिहीबार पत्रकारहरुको कुराकानीमा कोइरालाले बाँकी निर्वाचनको संभावित अवस्थालाई आंकलन गरेर विश्वासको मत दिएको बत�. . .


प्रदेश प्रहरी कार्यालय विराटनगरको डिआईजीमा श्यामलाल ज्ञवाली, गिरी विशेष ब्यूरोमा

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरी नायब महानिरीक्षकमा श्यामलाल ज्ञवाली खटाइएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वबाट प्रदेश १ मा सरुवा भएका हुन् । उनको स्थानमा किरण राणा खटाइएकी छन् । प्रदेश १ का डिआईजी सुदीप गिरी विशेष ब्यूरोमा सरुवा भएका छन् । बिहीबार नेपा�. . .


प्रदेश १ का सभामुख गौतमद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । प्रदेश १ को सभामुख माओवादी केन्द्रका सांसद बाबुराम गौतम पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौ�. . .


विराटनगरमा माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट

विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो । महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, �. . .


नागरिकको बास उठाएर अस्पताल बनाउने जग्गा खोज्दै रतुवामाई नगरपालिका

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा बसोबास गरिरहेको एक परिवारले स्थानीय सरकारले जर्बरजस्ती स्थान्तरण गर्न खोजेको गुनासो गरेको छ । संघीय सरकारको योजना अनुसार एक पालिका एक अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बसोबास कायम भएको परिवारलाई स्थान्तरण गर्न लागिएको हो । र�. . .


प्रदेश १ मा मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्रको बैठक सुरु

विराटनगर । प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ । केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ । नेकपा एमाले संसदी. . .


प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २९ गते विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासकोम मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यु ले २९ गते विश्वासको�. . .