सम्पूर्ण समाचार

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्�. . .


आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान (सुनसरी) । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आउनुभएकी वडा नं ५ की जमुना मु�. . .


मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ : कलाकार गुरुङ

काठमाडौं । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् । माओत्सेका अनुसार उनलाई धामीको चरित्र निभाउन सजिलो थिएन . . .


आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । प्रत्यक वर्ष झै यो वर्ष पनि ‘म्ष्बदभतभक बलम धभिि–दभष्लन’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व मधुमेह दिवस मनाईँदै छ �. . .


एनपीएलका लागि विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध

काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् । आलमले सामाजिक सञ्जालमार्फत आफु एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्य�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, य�. . .


धितोपत्र ब्रोकरको सङ्ख्या ९० पुग्यो

काठमाडौँ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाए�. . .


पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशना. . .


डेङ्गी संक्रमणका कारण गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो । उहाँ नेपाली कांग्रेसबाट समानुपातिक निर�. . .


आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदे. . .


सिरहाको कमलदह मेलामा कुस्तीको ‘क्रेज’

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ । मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । मेला�. . .


विराटनगरका सरसफाई कर्मचारीको स्वास्थ्य जोखिममा

इन्दु साह विराटनगर । स्वच्छ सहर निर्माणको लागि दिनरात खटिने सफाई कर्मचारीहरू आफैं स्वास्थ्य जोखिममा छन्। महानगरपालिकाका १९ वटा वडामा कार्यरत तीन सय सरसफाई कर्मचारीहरूले सुरक्षा सामग्रीको प्रयोग नगर्दा उनीहरूको स्वास्थ्य जोखिममा पर्ने गरेका हुन् । फोहोर व्यवस्थापनका क्रममा कर्मचारीहरूले एप्रो. . .