सम्पूर्ण समाचार

प्रदेशको स्थायी नाम र राजधानी प्रस्ताव ल्याउने समय तोकियो, बैशाख १९ लाई डेटलाईन

 विराटनगर, १५ बैशाख । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ। आईतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आब्हान गर्न दिर्नेशन दिएका हुन् । प्रदेश सभा सचिवालय. . .


राष्ट्रपतिको चीन भ्रमण : लगानीका लागि राष्ट्रपतिको चीनसंग आग्रह

बेइजिङ, वैशाख १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्�. . .


झापामा मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम ख�. . .


कोदालोको पासोले हानेर १४ बर्षिय बालकले गरे आफ्नै बाबुको हत्या

विराटनगर १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सामान्य बिषयमा वावुले बिज्ञानलाई शनिबार �. . .


मन्त्रीले नै गराए बालविवाह, उजुरी पर्खंदै प्रहरी,उजुरी परे मन्त्रीलाई कार्वाही हाेला ?

सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले . . .


विराटनगरका विभिन्न स्थानमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने

विराटनगर, १४ बैशाख ।  विराटनगर महानगरपालिकाले आउँदो अषाढ मसान्त भित्र कम्तीमा ५ वटा आकाशे पुल तथा अन्य भौतिक पूर्वाधारको निर्माण कार्य सुरु गर्ने जनाएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने बताए । उनले भने, “नगरको दक्षिणतर्फ भारतीय सीमावर�. . .


गाउँलेलाई दुख दिएको भन्दै वडाध्यक्षलाई कारवाहीको माग, यस्ता छन् स्थानीयका माग

विराटनगर, १४ बैशाख । मोरङको बेलबारी नगरपालिका–६ का वडाध्यक्ष राजु भनिने उदय राईलाई स्थानीयबासीले कारवाहीको माग गरेका छन् । वडाध्यक्षले वडामा हुने कुनै घटनाको सत्य तथ्य नबुझि अनर्गल प्रचार गराउने र सर्वसाधारणलाई प्रहरी लगाएर दुख दिने गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गरेका हुन् । बेलवारमा श. . .


मिस नेवाःको दोस्रो अडिसन धरानमा सकियो, अब इटहरी र दमकमा हुने

विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ ।  गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी द�. . .


विराटनगरको बसपार्कमा एउटा बसमा अचानक लाग्यो आगो (तस्बिर सहित)

विराटनगर बैशाख १४, विराटनगर बसपार्कमा राखिएको एउटा बसमा आगलागी भएको छ। को १ ख ४९८९ नम्बरको बसमा अचानक आगलागी भएको थियो । बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शी मासुम अर्यालले आवर विराटनगरलाई जानकारी दिए । बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाउन सफल भएका थिए । बसम�. . .


मोरङ मै यस्तो घटना : बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ 

मोरङ, बैशाख १४। बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले न�. . .


विराटनगर विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगर, १४ बैशाख । विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने बर्ष २६ का डेनी भनिने दनिल राईले लुकाई छिपाई काठमाडौँ लैजान लागेको लागु औष�. . .


मोरङको सुन्दर हरैँचामा बोक्सीको आरोप लगाउने ४ जना पक्राउ

विराटनगर, १४ बैशाख । मोरङको सुन्दर हरैँचा ११ का दुई महिलालाई बोक्सीको आरोप लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले ति महिलालाई बोक्सीको आरोप लगाएपनि पक्राउ गरेको हो । बैशाख ११ गतेको सोही स्थानका केही पुरुष र महिलाले बोक्सीको आरोप लगाएको प्रहरीको भनाई छ । यसरी पक्रा�. . .