सम्पूर्ण समाचार

बाढीले हाइड्रोपावरको बाँध बगायो

खाँदबारी (सङ्खुवासभा) । अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो । प्रहरीका अनुसार ब. . .


सुनका गहना र नगद लिई ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरे सो बापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ बस्ने ३८ वर्षीय द. . .


झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

झापा । मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ गरिएको जान�. . .


प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटा�. . .


संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजाने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । गणतन्त्र, संघीयता र समावेश�. . .


अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

शुरबहादुर सिंह/रासस कर्णाली । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उहाँ अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा �. . .


मानवता भन्दा माथि कुनै जात छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन् । आज(बुधबार) छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले आमाले जात नजन्माउँने मानव जन्माउँने बताएका हुन् । उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजा. . .


टर्कीमा ५.८ म्याग्निच्युडको भूकम्प : एक जनाको मृत्यु, ६९ जना घाइते

टर्की । टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मङ्गलबार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य ६९ जना घाइते भएका छन् । प्रारम्भिक निष्कर्षअनुसार शहरभर आवासीय भवनहरूमा कुनै क्षति भएको छैन । भूकम्पको समयमा, अफरानुर गुन्लु नामकी १४ वर्षीया बाल�. . .


अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

म्याग्दी (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० . . .


छुवाछूतमुक्त राष्ट्र घोषणा दश वर्षे जनयुद्धको ऐतिहासिक पहल : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना दिएका छन् । बुधबार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ औं वर्षको अवसरमा शुभकामना सन्देश दिदैँ प्रचण्डले सामाजिक विभेद अन्त्य आफ्नो पार्टीको नेतृ. . .


कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँक�. . .


अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि

गण्डकी । पचहत्तर वर्षअघि आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटक�. . .