विराटनगर । विराटनगर–१५ स्थित ३ नम्बर ढाटमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान प्रदेश १–०२–०५२ प ९५८७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सप्तरी तिरहुत गाउँपालिका ५ महुली घर भएका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मध्यराती भित्री सडक हुँदै मोटरसाइकलमा चौधरी र अर्का कटहरी ५ का धर्मेन्द्र सरदार सवार थिए । चौधरीले चलाएको मोटरसाइकल राती १२ः५५ मा ३ नम्बर ढाटमा ठोकिएको थियो । त्यसप्रहरी प्रहरी सहायक निरीक्षक नवराज कार्कीको टोलिले उद्धार गरेर कोशी अस्पताल उपचारका लागि पठाएको छ ।
सप्तरी घर भई रणकाली माता कन्ट्रक्सन कटहरीमा काम गर्दै आएका चौधरीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई चिकित्सकले चेकजाँचपछि मृत घोषणा गरिदिएका हुन् । मोटरसाइकलको पछाडी रहेका सरदारको हात खुट्टामा चोक लागेकोमा उपचारपछि अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।